Biratnagar, Morang, Nepal
७ मंसिर २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
कोशी

ट्यांकरको ठक्करबाट सुनसरीका दुई जनाको मृत्यु

उद्घोष सम्वाददाता
३२ साउन २०८१, शुक्रवार

विराटनगर । पूर्वपश्चिम लोकमार्गअन्तर्गत सप्तरीको कञ्चनपुरबाट भारदहतर्फ आइरहेको ट्यांकरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ ।

शुक्रबार को १ ख ७४१४ नम्बरको डिजल बोक्ने ट्यांकरले प्र १–०२–०४७ प १२८० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार दुई जनाको मृत्यु भएको जनाइएको छ ।

कञ्चनरुप नगरपालिका-१० मा भएको दुर्घटनामा परी मृत्यु हुनेमा मोटरसाइकलमा सवार सुनसरीको हरिनगरा गाउँपालिका–३ का ४१ वर्षीय महेशकुमार मेहता र ४२ वर्षीय जयप्रकाश मेहता रहेको प्रहरीले जनाएको छ । 

महेशको घटनास्थलमै र जयप्रकाशको उपचारका क्रममा राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा मृत्यु भएको हो। प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाइएको जनाएको छ ।

View : 2605

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved