विराटनगर । विराटनगर महानगरपालिकाका स्वास्थ्यकर्मीहरुका लागि बाल स्वास्थ्य विशेष आधारभूत तालिम सुरु भएको छ । तालिमको मेयर नागेश कोइरालाले उद्घाटन गरे ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले तालिमबाट प्राप्त ज्ञान र सीपलाई बालबालिकाको स्वास्थ्य उपचारमा लगाउन आग्रह गरे ।
उनले बाल स्वास्थ्यप्रति महानगर गम्भीर रहेको बताउँदै मेयर कोइरालाले बालबालिकामा लागेको रोगको पहिचान गरी रेफर गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, अनुरागसिंह कार्कीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
तालिम पाँच दिनसम्म सञ्चालन हुनेछ स्वास्थ्य महाशाखाका अधिकृत रमेश कार्कीले जानकारी दिए ।
View : 23
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved