सुनसरी । कोशी प्रदेशमा दुर्घटनाको अवस्था भयावह बन्न थालेको छ । सडक ब्यवस्थापामा तीनै तहको सरकारवीच समन्वय नहुँदा दिनहुँ हुने गरेको दुर्घटनामा दुईदेखि तीन जनाको मृत्यु हुने गरेको छ ।
मंसिर महिनामा मात्र कोशीका बिभिन्न स्थानमा भएका ६ सय ७४ वटा सवारी दुर्घटनामा ५६ जनाको मृत्यु भइसकेको छ । उक्त दुर्घटनामा ६५ जनाभन्दा बढी मानिस गम्भीर घाइते भएका छन् ।
अघिल्लो कात्तिक महिनामा ३९ जनाको मृत्यु भएको थियो भने ७६ जना गम्भीर घाइते भएका थिए । दुर्घटनाको भयावह अवस्था देखिदासम्म न स्थानीय सरकारले न्यूनीकरणको लागि प्रभावकारी काम गर्न सकेको छ नत प्रहरीले समन्वय नै गर्न सकेको छ ।
ट्राफिक प्रहरीले सडक व्यवस्थापनका लागि भन्दै एकपछि अर्को नियम लागू गरे पनि कार्यान्वयन हुन नसक्दा सडक व्यवस्थापन अस्तव्यस्त हुनका साथै यात्रुले अनाहकमै ज्यान गुमाउनुपरेको छ ।
पछिल्लो समय पूर्व–पश्चिम राजमार्ग विस्तारको काम भइरहेकाले सडकको दुरावस्थाको कारण दुर्घटना बढेको कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले बताए ।
सडक ब्यवस्थापनमा सरोकार राख्ने यातायात व्यवस्था कार्यालय, विद्युत प्राधिकरण, सडक विभाग लगायत पक्षहरूसँग ट्राफिक प्रहरीलेको समन्वय प्रभावकारी नहुँदा सडकमा अस्तव्यस्तता समेत हट्न सकेको छैन ।
सडक व्यवस्थापनको जिम्मा ट्राफिक प्रहरीको मात्रै हो भन्ने मानसिकताका कारण पनि दुर्घटनामा कमी आउन नसकेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एवं प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाको भनाइ छ ।
View : 82
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved