Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

एसईई पूरक परीक्षा : मोरङबाट ७५ प्रतिशत विद्यार्थी उत्तीर्ण

उद्घोष सम्वाददाता
८ असोज २०८१, मङ्गलवार

विराटनगर । शैक्षिक सत्र २०८० को माध्यमिक शिक्षा परीक्षा (एसईई) पुरक परीक्षामा मोरङबाट ७५ दशमलव ९० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

सोमबार साँझ प्रकाशित परीक्षाफल अनुसार मोरङबाट पुरक परीक्षा दिएका साधारण धारका ६ हजार ९२४ र प्राविधिक धारका २ सय ५६ गरी कुल ७ हजार १८० विद्यार्थीहरु मध्ये ५ हजार ४५० जना विद्यार्थी उत्तीर्ण भएका हुन् ।

राष्ट्रिय परीक्षा बोर्डले सोमबार प्रकाशित नतिजामा मोरङमा १ हजार ७३० जना विद्यार्थी भने यस पटक पनि नन ग्रेडेड (एनजी) भएका छन् । अघिल्लो एसईई परीक्षामा एनजी हुने विद्यार्थीहरू साउन २३ देखि भएको पुरक परीक्षामा सहभागी भएको शिक्षा विकास तथा समन्वय इकाई मोरङले जनाएको छ ।

मोरङका सामुदायिक र संस्थागत विद्यालयका ३२८ विद्यालयहरू मध्ये पुरक परीक्षामा १३७ विद्यालयले भने शत्प्रतिशत नतिजा निकालेका छन् । १२ वटा विद्यालय यसपटक पनि नील गएका छन् । पुरक परीक्षाका लागि मोरङमा २० वटा परीक्षा केन्द्र तोकिएको थियो ।

राष्ट्रिय परीक्षा बोर्डले सोमबार परीक्षाफल प्रकासित गर्ने क्रममा यसपटकको परीक्षाको नतिजामा कुनै विषयमा एनजी भएमा लगातार तीन वर्षसम्म एनजी आएका विषयमा मात्र ग्रेडवृद्धिका लागि आगामी बार्षिक परीक्षामा विद्यार्थी सम्मिलित हुन पाउने व्यवस्था गरेको जनाएको छ ।

View : 203

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved