Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

विराटनगर किङ्समा अष्ट्रेलियाका अलराउण्डर साम अनुबन्धित

उद्‌घोष संवाददाता
३ कार्तिक २०८२, सोमवार

विराटनगर । विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनका लागि अष्ट्रेलियाका अलराउण्डर साम हिजलेटलाई अनुबन्ध गरेको छ ।

साम अष्ट्रेलियाका यू–१९ टिमबाट अन्तर्राष्ट्रिय एकदिवसीय खेल खेलिसकेका खेलाडी हुन् । उनले अष्ट्रेलियाको बिगब्यासमा ब्रिसबेन हिटर होबर्टहुरिकेंस खेलेका छन् । 

सामले खेलहरूमा उत्कृष्ट स्ट्राइक रेट साथ प्रदर्शन गर्दै आएका छन् । उनीस“ग ५० भन्दा बढी बिगब्यास माथि लिग म्याच खेलेको अनुभव छ ।

उनको आगमनले विराटनगर किङ्सको मध्यक्रम थप बलियो हुने विश्वास लिइएको विराटनगर किङ्सले जनाएको छ । 

उनको अनुभव, सुझबुझ ब्याटिङ शैली र खेल बुझ्ने क्षमताबाट  टोलीमा नयाँ ऊर्जा र आत्मविश्वास थपिने अपेक्षा गरेको छ ।

विराटनगर किङ्सले यसअघि स्कटल्याण्डका ब्याट ओपनर जोर्जमुन्सीलाई पनि टिममा आबद्ध गरिसकेको छ ।

टिमले सुन्तुलित संयोजनका साथ आगामी सिजन उपाधि जित्ने लक्ष्यसहित तयारी तिव्रगतिमा अगाडि बढिरहेको जनाएको छ ।

विराटनगर किंग्स नेपाल प्रिमियर लिग(एनपीएल)मा कोशी प्रदेशको प्रतिनिधित्व गर्ने क्रिकेट फ्रेन्चाइज टिम हो ।

View : 378

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved