विराटनगर । सुनसरीको दुहवी निबासी दुई जेसिजकर्मीको दुर्घटनामा ज्यान गएको छ ।
सोमबार साँझ साढे ७ बजेतिर मोरङको बुढीगंगा गाउँपालिकाको नेमुवामा भएको मोटरसाइकल दुर्घटनामा दुहवी जेसिज २०१८ का अध्यक्ष एवं पूर्व राष्ट्रिय उपाध्यक्ष कन्चन झा र दुहवी जेसिज २०२४ का अध्यक्ष दुहवी–५ का प्रकाश साहको मृत्यु भएको जनाइएको छ ।
झा मनमोहन पोलिटेक्निकमा कार्यरत थिइन् भने साह सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका दुहवी शाखा प्रबन्धक हुन् ।
उनीहरु पिकनिक खाएर फर्किने क्रममा विराटनगरमा आयोजित जेसिजकै एउटा कार्यक्रममा सहभागी हुन आइरहेका थिए । दुर्घटनामा उनीहरुको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।
View : 277
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved