Biratnagar, Morang, Nepal
२५ पुष २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
आर्थिक

एक्स्पोको क्यालेण्डर बनाउने तयारी छ : अध्यक्ष राउत

उद्‌घोष सम्वाददाता
२३ पुष २०८१, मङ्गलवार

विराटनगर । जाडो मौसम सुरु भएसँगै विराटनगरमा विराट एक्स्पोसहित कोशी प्रदेशका विभिन्न जिल्लामा एक्स्पोको तयारी अघि बढेका छन् ।

औद्योगिक तथा स्थानीय उत्पादनको प्रवर्द्धन र बजारीकरणमार्फत अर्थतन्त्रलाई चलायमान बनाउन महत्वपूर्ण भूमिका खेल्ने एक्स्पोको संख्या बढ्दै जाँदै त्यसको व्यवस्थापन पनि त्यतिकै चुनौतिपूर्ण बन्न थालेको छ । 

कोशी प्रदेशमा आयोजना हुने एक्स्पोहरूलाई व्यवस्थित गर्न नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेश समितिले भने एक्स्पो क्यालेण्डर बनाउन आवश्यक रहेको जनाएको छ ।

महासंघ कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउतले उत्पादन प्रवद्र्धनका लागि एक्स्पोहरू आवश्यक भएपनि त्यसको व्यवस्थापन पनि त्यतिकै जरुरी रहेको बताए । उनले महासंघले कोशी प्रदेशका एक्स्पोलाई व्यवस्थित बनाउन क्यालेण्डर बनाउने तयारी अघि बढाइएको जानकारी दिए ।

‘धेरैतिर एक्स्पो हुने र एकै समयमा हुने गरेका कारण व्यवस्थापनमा समस्या आउन थालेको छ’ अध्यक्ष राउतले भने, ‘महासंघले क्यालेण्डर नै बनाउने तयारी गरेको छ ।’

मोरङका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले मुलुकलाई आर्थिक मन्दीबाट बचाउन नियमित रुपमा एक्स्पो हुनुपर्ने बताए । एक्स्पोका माध्यमबाट अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत पुग्ने दाबी गरे । 

संगठनले आयोजना गर्न लागेको एक्स्पोमा स्थानीय प्रशासनले पर्याप्त मात्रामा सुरक्षा प्रदान गर्ने आश्वास्त पारे । त्यसका लागि सुरक्षा योजना नै बनाइने जानकारी दिए ।

View : 47

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved