Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
प्रविधि

सामसङ नेपालद्वारा रेमिट बेनिफिट अभियान सुरू

उद्‌घोष संवाददाता
१८ वैशाख २०८३, शुक्रवार

विराटनगर । सामसङ नेपालले वैदेशिक रोजगारीमा रहेका नेपाली कामदार तथा उनीहरूका परिवारलाई लक्षित गर्दै रेमिट बेनिफिट नामक विशेष उपभोक्ता अभियान सुरू गरेको छ । 

कम्पनीले विप्रषणलाई केवल आर्थिक सहयोग मात्र नभई त्याग, जिम्मेवारी र भविष्यप्रतिको आशासँग जोडिएको माध्यमका रूपमा लिदै यस अभियानमार्फत परिवारहरूको जीवनस्तर सुधारमा टेवा पुर्याउने लक्ष्य राखेको जनाएको छ ।

अभियान अन्तर्गत ग्राहकहरूले सामसङका विभिन्न उत्पादनहरू—स्मार्टफोन, टेलिभिजन, रेफ्रिजेरेटर तथा वासिङ मेसिन—खरिद गर्दा अधिकतम ६ प्रतिशतसम्म क्यासब्याक सुविधा प्राप्त गर्नेछन् । 

साथै एनसेलमार्फत अधिकतम १८० जीबीसम्म बोनस डेटा उपलब्ध हुनेछ भने २४ महिनासम्मको सजिलो ईएमआई सुविधा पनि प्रदान गरिनेछ । 

यी सुविधाले उपभोक्ताको मासिक आर्थिक भार घटाउँदै प्रिमियम प्रविधिमा पहुंच सहज बनाउने कम्पनीको विश्वास छ ।

यस अभियानलाई  आईएमई रेमिट, खल्ती, एचआईएम  इलेक्ट्रोनिक्स, त्रिवेणी व्यापार लिमिटेड लगायतका साझेदारहरूसँगको सहकार्यमा सञ्चालन गरिएको छ, जसले ग्राहकसम्म सेवा विस्तार र पहुँचलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ । 

सामसङ नेपालका अनुसार यो अभियान विशेष रूपमा आईएमई रेमिट प्रयोग गर्ने रेमिटरहरू तथा उनीहरूका आश्रितहरूलाई लक्षित गरी ल्याइएको हो, जसले बिप्रेषणलाई दैनिक जीवनमा अर्थपूर्ण प्रगतिसँग जोड्ने विश्वास कम्पनीले लिएको छ ।

View : 133

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved