विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटल र नेपाल भाषा तथा सान्स्कृतिक संघ (झि पुचः) विराटनगरबीच उपचार सेवा सम्बन्धि सम्झौता भएको छ ।
सम्झौतामा झि पुचः का सवै साधारण सदस्य, आजिवन सदस्य र कार्यसमिति सदस्य र उनीहरुका परिवारका सदस्यहरुलाई अस्पतालले प्रदान गर्ने सबै किसिमको सेवामा १० देखि देखि २५ प्रतिशतसम्म सम्मको छुटको व्यवस्था गरिएको जनाइएको छ ।
त्यसैगरी झि पुचः सम्वद्ध जेष्ठ नागरिकहरुको हकमा थप ५ प्रतिशत छुटको दिने गरी सम्झौता भएको जनाइएको छ ।
सम्झौता पत्रमा न्यूरो हस्पिटलको तर्फबाट अपरेशनल डाइरेक्टर राजेश भट्टराई र झि पुचः का अध्यक्ष भविश श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
झि पुचः ले लामो समयदेखि आफ्नो भाषा संस्कृतिको जगेर्ना तथा आवद्ध सदस्यहरुको क्षमता अभिबृद्धिका लागि गतिविधिहरु गर्दै आइरहेको छ ।
View : 416
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved