विराटनगर । मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईको सरुवा भएको छ । एक वर्ष बढी मोरङ बसेका प्रजिअ भटराईको गृहमन्त्रालयमा सरुवा भएको हो ।
गृह मन्त्रालयमा रहेका इन्द्रदेव यादवलाई मोरङको प्रजिअमा सरुवा गरिएको छ ।
यसैगरी सुनसरीका प्रजिअ रामचन्द्र तिवारीको गृहमन्त्रालयमा सरुवा भएको छ । उनको ठाउँमा कैलालीका प्रजिअ धर्मेन्द्रकुमार मिश्र आउने भएका छन् ।
त्यसैगरी झापाका प्रजिअ बन्धुप्रसाद बास्तोलाको गृहमन्त्रलायमा सरुवा भएको छ ।
झापामा सर्लाहीका प्रजिअ गोपालकुमार अधिकारी आउने भएका छन् । मन्त्रालयले सोमबारको निर्णयले १२ जना सहसचिव तथा उपसचिवहरुको सरुवा तथा पदस्थापन गरेको हो ।
View : 149
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved