विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी मोरङ क्षेत्र नं. ६ प्रादेशिक कार्यसमिति (ख) ले काठमाडौंमा भएको प्रदर्शनका क्रममा भएको प्रहरी दमनबाट घाइते भएका ठाकुरप्रसाद डाँगीको निधन भएको विरोधमा सोमबार विराटनगरमा प्रदर्शन गरेको छ ।
गत चैत २७ गते काठमाडौंमा भएको प्रदर्शनका क्रममा घाइते भएका डाँगीको निधन भएपछि राप्रपा आन्दोलित भएको हो । सोमबार भएको विरोध सभामा केन्द्रीय सह–प्रवक्ता दिनेश शाहले सरकारको दमनकारी नीतिको भर्त्सना गरेका छन् ।
विराटनगरको गुद्रीको पिपल बोट छेउमा गरिएको विरोध सभामा केन्द्रीय सदस्य मनोज बस्नेत, जिल्ला उपाध्यक्ष राजेश मास्के, महानगर अध्यक्ष विकास लिम्बू, सावित्रा न्यौपाने, शम्भु भट्टराई, अशोक पौडेल, क्षेत्रीय अध्यक्ष रतन तामाङलगायतले सरकारको दमनकारी नीतिको विरोध जनाएका थिए ।
उनीहरूले शान्तिपूर्वक विरोध प्रदर्शन गर्दा सरकारले बल प्रयोग गरेर दर्जनौं नेता तथा कार्यकर्ता घाइते बनाएको बताएका थिए । आन्दोलनका क्रममा मृत्यु भएको डाँगीलाई शहीद घोषणा गर्नुपर्ने माग राप्रपाले गरेको छ ।
View : 335
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved