Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

कोशीका जिल्लामा एमालेले तोक्यो इञ्चार्ज, मोरङमा ऋषिकेश

उद्‌घोष संवाददाता
२४ पुष २०८२, बिहिवार

विराटनगर । ११ औं महाधिवेशनपछि नेकपा एमालेले कोशी प्रदेशका १४ वटै जिल्लाको इञ्चार्ज तोकेको छ । केन्द्रीय सदस्यमा निर्वाचित भएका पार्टीका नेताहरूलाई इञ्चार्जको जिम्मेवारी तोकिएको हो ।

एमालेको पदाधिकारी बैठकले मोरङको जिल्ला इञ्चार्जमा केन्द्रीय सदस्य ऋषिकेश पोखरेल तोकिएका छन् । उनी यसैपटक केन्द्रीय सदस्य निर्वाचित भएका हुन् । 
एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापाको इञ्चार्जमा रोमनाथ ओलीलाई तोकेको छ । 

सुनसरीमा जगदीश कुसियैत, ताप्लेजुङमा तिलकुमार मेन्याङ्वो, पाँचथरमा आइन्द्र सुन्दर नेम्वाङ, इलाममा राम राना, उदयपुरमा मञ्जुकुमारी चौधरी, खोटाङमा विशाल भट्टराईलाई जिल्ला इञ्चार्ज तोकेको हो ।

त्यसैगरी, ओखलढुंगा इञ्चार्जमा यज्ञराज सुनुवार, सोलुखुम्बुमा मानवीर राई, भोजपुरमा हेमराज राई, संखुवासभामा तुलसी न्यौपाने, तेह्रथुममा विष्णुमाया विक र धनकुटामा राजेन्द्र राई इञ्चार्ज तोकिएको जनाइएको छ ।

View : 120

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved