Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

महेन्द्र मोरङ क्याम्पसको ७१ औं वार्षिकोत्सवमा पाँच सम्मानित

उद्‌घोष संवाददाता
१६ साउन २०८२, शुक्रवार

विराटनगर । पूर्वकै ठूलो महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरका तीन प्राध्यापक र दुई कर्मचारी सम्मानित भएका छन् ।

शुक्रबार क्याम्पसको ७१ औं वार्षिकोत्सवको अवसर पारेर क्याम्पसमा आयोजित एक कार्यक्रमबीच उनीहरुको उच्च मूल्याङ्कन गर्दै चाँदीको पदकसहित सम्मान गरिएको हो ।

मोरङ क्याम्पसको स्थापना विक्रम सम्वत् २०१२ साल साउन १६ गते भएको थियो । पछि राजा महेन्द्रले नवनिर्मित भवन उद्घाटन गरेपछि क्याम्पसको नाममा महेन्द्र थपिएको थियो ।

सम्मानित हुनेहरुमा प्राध्यापकतर्फ डा उद्धव पोखरेल, डा ललीतनारायण मण्डर र नरेश पौडेल  छन् । यसैगरी, कर्मचारीतर्फ भूपेन्द्र राणा र चन्द्रदेव मण्डल छन् ।

\सम्मानित प्राध्यापक र कर्मचारीलाई कार्यक्रमका प्रमुख अतिथि पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका पूर्व सदस्य एवम् महेन्द्र मोरङ क्याम्पसका पूर्व प्रमुख प्राध्यापक महेन्द्रनारायण यादव, क्याम्पस प्रमुख डा रामावतार यादव, त्रिवि प्राध्यापक संघ क्याम्पस एकाईं सभापति डा प्रमोद खेरवार, प्राडा तिलक गौतमले  सम्मान गरेका थिए ।

महेन्द्र मोरङ क्याम्पसले डा तिमल्सिना क्याम्पस प्रमुख भएपछि २०७५ सालदेखि वार्षिकोत्सव मनाउन सुरु गरेको र सोही वर्षदेखि उत्कृष्ट प्राध्यापक कर्मचारी सम्मान सुरु भएको थियो ।  २०७६ सालदेखि वार्षिकोत्सवकै दिन पारेर उत्कृष्ट प्राध्यापक र कर्मचारीलाई सम्मानित गर्न सुरु गरिएको थियो ।

समारोहमा कार्यक्रमका प्रमुख अतिथल प्रा महेन्द्रनारायण यादवले मोरङ क्याम्पसको पूर्वकै शैक्षिक सम्भावनकोे केन्द्र भएकोले यसको उन्नतीको लागि सबै सरोकार पक्ष लाग्नु पर्नेमा जोड दिए ।

सो अवसरमा त्रिवि प्राध्यापक संघ एकाईं सभापति डा खेरवार, त्रिवि कर्मचारी संघ एकाईं सभापति प्रमोद कामत, डा सत्यनारायण साह, जयनारायण यादव, सम्मानित डा पोखरेलले क्याम्पसको ७१ औं जन्मोत्सवको शुभकामना व्यक्त गर्दै प्राध्यापक तथा कर्मचारीको सम्मान कार्यलाई निरन्तरता दिनु पर्नेमा जोड दिए ।

क्याम्पस प्रमुख डा रामावतार शरणले महेन्द्र मोरङमा हाल मानविकी, व्यवस्थापन, विज्ञान र शिक्षाशास्त्र गरी चार संकायमा स्नातक  र स्नातकोत्तर कार्यक्रम सञ्चालित रहेको क्याम्पसको उन्नयनका लागि आफू सधै लागि परेको बताए ।

View : 614

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved