Biratnagar, Morang, Nepal
९ मंसिर २०८१, आइतवार
+977 21 450305, 515728, 578305
कोशी

शान्ति प्रक्रिया टुंगिदा पनि विस्फोटका घटना भएकोमा कांग्रेस सांसद श्रेष्ठको चिन्ता

उद्घोष सम्वाददाता
१५ भदौ २०८१, शनिवार

विराटनगर । नेपाली कांग्रेसकी प्रदेश सांसद मैंया श्रेष्ठले प्रतिनिधि सभा र राष्ट्रिय सभाको दुवै सदनबाट टीआरसी विधेयक पारित भइसक्दा पनि विस्फोटका घटना भइरहेको भन्दै चिन्ता व्यक्त गरेकी छन् ।

कोशी प्रदेश सभाको शुक्रबारको बैठकमा शून्य समयमा बोल्दै सांसद श्रेष्ठले बिहीबार पाँचथरको फालेलुङमा भएको बम बिस्फोटमा दुईजना बालबालिकाको मृत्यु भएको घटनाप्रति सरकारको ध्यानाकर्षण गराएकी हुन् ।

उनले शान्ति प्रक्रिया टुंगिएको दुई दशक हुन लाग्दा पनि यस्ता घटना भइरहेको प्रति चिन्ता व्यक्त गरेकी हुन् । सांसद श्रेष्ठले द्वन्द्वको समयमा छाडिएका विस्फोटक पदार्थबाट उत्पन्न हुने क्षतिबारे कसैले पनि आवाज नउठाएको बताइन् ।

‘टिआरसी विधेयक पारित भइसक्दा समेत यस्ता घटना भइरहन्छन् भने यसको जिम्मा कसले लिने ?’ उनले प्रश्न गरिन् ‘शान्ति प्रक्रिया टुंगिएको दुई दशक पुग्दा पनि यस्ता अकल्पनीय घटना के कारणले भइरहेका छन्, छाडिएका हतियारको क्षतिबारे कसले जिम्मा लिने ?’

उनले बिस्फोटनमा परेका मृतकहरूका परिवारलाई चाँडो क्षतिपूर्तिको व्यवस्था गर्न माग गरिन् ।

उक्त विस्फोटको घटना भएको घर सशस्त्र द्वन्द्वको समयमा तत्कालिन विद्रोही पक्षका कार्यकर्ताको रहेको भन्ने जानकारी आएको भन्दै सरकारको ध्यानाकर्षण गराइन् । साथै द्वन्द्वको समयमा छाडिएका विस्फोटक पदार्थबारे गम्भीर निर्णय गर्नुपर्ने बताइन् ।

View : 282

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved