विराटनगर । विराटनगरस्थित सिटी प्यालेसमा सातदिने महायज्ञ शुरु भएको छ ।
मैथिल ब्राम्हण महासभा मोरङद्वारा आयोजित श्रीमद्भागवत पुराण ज्ञान महायज्ञको प्रदेश प्रमुख परशुराम खापुङले आइतबार उदघाटन गरेका थिए । महायज्ञमा आचार्य पण्डित अभिषेक पाठकले पुराण वाचन गरिरहेका छन् ।
मैथिल बाम्हण महासभा, महिला समिति तथा युवा समिति समेतको सहकार्यमा सो कार्यक्रम भएको हो ।
उद्घाटन कार्यक्रममा विभिन्न संघसंस्था संस्थाका पदाधिकारी, राजनैतिक दलका प्रतिनिधिहरूले महायज्ञको सफलताको शुभकामना दिएका थिए ।
View : 458
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved