विराटनगर । राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो २७औं स्थापना दिवसको अवसरमा तीन जनालाई पुरस्कृत गर्ने भएको छ । आगामी असोज ४ गते हुने वार्षिक साधारण सभामा ती पुरस्कारहरू प्रदान गरिने संस्थाले आज घोषणा गरेको हो ।
यस वर्षको किशोरी खतिवडा स्मृति पुरस्कार पूर्व कर्मचारी इन्दिरा रिजाल (काठमाडौं) लाई प्रदान गरिनेछ । यस पुरस्कारको राशि १५ हजार रुपैयाँ छ । त्यसैगरी, दधिराम दाहाल स्मृति पुरस्कार समाजसेवी भवनाथ पौडेल (विराटनगर) लाई ११ हजार रुपैयाँ नगदसहित प्रदान गरिनेछ ।यसैगरी, हिरनकुमार थापा स्मृति पुरस्कार पत्रकार सुमन सुस्केरालाई ११ हजार रुपैयाँसहित प्रदान गरिने भएको छ ।
२०५५ साल साउन ४ गते स्थापित यस सहकारीमा हाल १ हजार ८९३ जना शेयर सदस्य छन् । संस्थाको कुल सम्पत्ति ५७ करोड ३८ लाख ५७ हजार ४५४ रुपैयाँ रहेको छ । संस्थाले गत आर्थिक वर्ष २०८१–८२ मा ५१ करोड ४३ लाख ५ हजार ५६९ रुपैयाँ आम्दानी गरेको थियो ।
संस्थाका अध्यक्ष जीवन काफ्लेका अनुसार, आगामी दिनमा कार्यालय भवन निर्माण सम्पन्न गर्ने, शेयर सदस्यता वृद्धि गर्ने, र शिक्षा, उद्योग, व्यापार तथा स्वास्थ्य उपचारमा सहुलियत ऋणको व्यवस्था गर्नेलगायतका योजनाहरू छन्। गत वर्ष संस्थाले नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय समिति, राष्ट्रिय सहकारी बैंक र प्रदेश सहकारी रजिष्ट्रार कार्यालयबाट उत्कृष्ट सहकारीको पुरस्कार प्राप्त गरेको पनि काफ्लले बताए ।
View : 400
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved