विराटनगर । तीजको अवसरमा विराटनगर– ५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलले नृत्य प्रतियोगिताको आयोजना गरेको छ ।
स्कुलमा अध्ययनरत नर्सरीदेखि कक्षा १ सम्मका विद्यार्थीले प्रतियोगितामा भाग लिएको मन्टेश्वरी इञ्चार्ज मेलिना ओलीले जानकारी दिइन् ।
प्रतियोगितामा नर्सरीदेखि कक्षा १ सम्मका १ सय ६ जना विद्यार्थी सहभागी रहेको ओलीले बताइन् ।
विजेता हुने विद्यार्थीलाई स्कुलमा भब्य कार्यक्रमको आयोजना गरेर पुरस्कार तथा सम्मान गर्ने स्कुलले जनाएको छ ।
View : 413
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved