Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

प्रिन्सिपल खनाललाई अन्तर्राष्ट्रिय प्रिन्सिपल अवार्ड

उद्‌घोष संवाददाता
२३ असोज २०८२, बिहिवार

सुन्दरहरैंचा । सुन्दरहरैंचा नगरपालिका–१० स्थित हिमालय इङ्ग्लीस स्कूलका संस्थापक प्रिन्सिपल कमल खनालले इन्टरनेशनल एक्सिलेन्स अवार्ड २०२५ प्राप्त गर्ने भएका छन् । 

उक्त अवार्ड अष्ट्रेलियास्थित एक्जिटो इभेन्ट्स नामक संस्थाद्वारा प्रदान गरिदै आएको अन्तर्राष्ट्रिय सम्मान हो ।

खनाललाई आउटस्टाण्डिङ प्रिन्सिपल अवार्ड प्रदान गर्न लागिएको हो । यस वर्षको अवार्ड कार्यक्रम अक्टोबर १४ मा मलेसियाको राजधानी क्वालालम्पुरस्थित लिनकन युनिभर्सिटीमा आयोजना हुने बताइएको छ । 

कार्यक्रममा नेपाल, भारत, मलेसिया, फिलिपिन्स, बंगलादेश, संयुक्त राज्य अमेरिका, बेलायतलगायत विभिन्न देशका शिक्षाविद्, शैक्षिक संस्था तथा प्रतिष्ठित व्यक्तित्वहरूलाई सम्मान गरिने बताइएको छ ।

तीन वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको यो अवार्ड कार्यक्रमले शैक्षिक क्षेत्रका अग्रणी व्यक्तिहरूको योगदानलाई अन्तर्राष्ट्रिय मञ्चमा उजागर गर्दै आएको छ । 

शिक्षा क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएका खनालले सुन्दरहरैंचा क्षेत्रमा गुणस्तरीय शिक्षा प्रवद्र्धन, नेतृत्व विकास र सामुदायिक शिक्षा सशक्तीकरणमा उल्लेखनीय योगदान पु¥याउँदै आएका छन् ।

उनीद्वारा स्थापना गरिएको हिमालय इङलीस स्कूलले शैक्षिक नवप्रयोग, सामाजिक उत्तरदायित्व र विद्यार्थी नेतृत्व विकासका क्षेत्रमा पनि उल्लेखनीय उपलब्धी हासिल गरेको छ ।

प्रिन्सिपल खनाल अक्टोबर ५ देखि १५ सम्मको अवधिमा सिंगापुर, थाइल्यान्ड र मलेसियास्थित विभिन्न स्कूल, कलेज र युनिभर्सिटीको भ्रमण गर्ने कार्यतालिकासहित विदेश प्रस्थान गरिसकेका छन् । 

भ्रमणको क्रममा उनले विभिन्न अन्तर्राष्ट्रिय शैक्षिक प्रतिनिधिहरूसँग अनुभव आदान–प्रदान र साझेदारी सम्बन्ध विस्तार गर्ने योजना बनाएका छन् ।

View : 492

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved