विराटनगर । सुरक्षा व्यवसायी संघ कोशी प्रदेशले सरकारले तोकेको न्यूनतम मूल्यभन्दा कम दरमा सेवा सम्झौता नगर्न सम्पूर्ण निजी सुरक्षा कम्पनीहरूलाई निर्देशन दिएको छ ।
विराटनगरमा बसेको संघको बैठकले सरकारी मापदण्ड र निर्णय विपरीत काम गर्ने कम्पनीहरूलाई कानुनी कारबाही र आर्थिक दण्डसमेत गर्ने चेतावनी दिएको हो ।
संघका प्रदेश अध्यक्ष तीर्थराज घिमिरेले विज्ञप्ति जारी गर्दै श्रम ऐन २०७४ र नियमावली २०७५ को पूर्ण पालना गर्न आग्रह गरेका छन् ।
अझै पनि केही कम्पनीहरूले कानुन विपरीत कम मूल्यमा काम गराएर सुरक्षा गार्डहरूको श्रम शोषण गरिरहेको भन्दै संघले अब त्यस्ता गतिविधि रोक्न कडा कदम चाल्ने स्पष्ट पारेको छ ।
View : 95
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved