सुनसरी। रघुवंशी भण्डारी सेवा समाज नेपालको प्रथम कोशी प्रदेश अधिवेशन सुनसरीको बराहक्षेत्रमा सम्पन्न भएको छ। शनिबार सम्पन्न अधिवेशनले बाबुराम भण्डारी अध्यक्ष रहेको १९ सदस्यीय कोशी प्रदेश कार्यसमिति गठन गरेको छ ।
नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा उदयचन्द्र भण्डारी, उपाध्यक्ष हिक्मत भण्डारी, महासचिव नरबहादुर भण्डारी, सचिव मदन भण्डारी, कोषाध्यक्ष नीरबहादुर भण्डारी र सहकोषाध्यक्षमा अर्जुन भण्डारी छन् ।
कार्यसमिति सदस्यहरुमा भक्तबहादुर भण्डारी, लोकेन्द्र भण्डारी, साबित्रा भण्डारी, शंकर भण्डारी, भगवती भण्डारी, चहकबहादुर भण्डारी, राजकुमार भण्डारी र गणेश भण्डारी चयन भएको सन्तोष भण्डारी ( डोरामारी) ले जानकारी दिए ।
अधिवेशनले चयन गरेको सम्पूर्ण कार्यसमितिलाई हार्दिक बधाईका साथ सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।
कार्यक्रमको उद्घाटन सत्रमा आयोजक समितिका अध्यक्ष चन्द्रबहादुर भण्डारीले प्रतिवेदन प्रस्तुत गरेका थिए ।
View : 218
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved