विराटनगर । मोरङको रंगेली नगरपालिका-१ स्थित त्रिभुवन माध्यमिक विद्यालय गोहिगाडामा विद्यालय नर्सिङका लागि सामग्री हस्तान्तरण गरिएको छ ।
रंगेली नगरपालिका स्वास्थ्य शाखा प्रमुख भूपेन्द्र प्रसाद मण्डलले बुधबार विद्यालय परिसरमा विद्यालयका प्रधानाध्यापक केशरबहादुर बानिया, सहायक प्रधानाध्यापक टंकबहादुर खत्री र विद्यालयकी नर्स ममता चौधरीलाई प्राथमिक उपचारका लागि आवश्यक औषधि तथा उपकरणहरू हस्तान्तरण गरेका हुन् ।
रंगेली नगरपालिकाले चालु आर्थिक वर्षमा तीनवटा माध्यमिक विद्यालयमा स्वास्थ्य नर्सिङ सेवा कार्यक्रम सुरु गरेको छ ।
नगरपालिका अन्तर्गत रंगेली-६ स्थित पब्लिक माध्यमिक विद्यालय र गणेश माध्यमिक विद्यालय तथा त्रिभुवन माध्यमिक विद्यालय गोहिगाडालाई विद्यालय स्वास्थ्य नर्सिङ सेवा कार्यक्रम प्रदान गरेको स्वास्थ्य शाखा प्रमुख मण्डलले जानकारी दिए ।
सो अवसरमा विद्यार्थीहरूले विद्यालयमै प्राथमिक उपचार सेवा प्राप्त गर्न पाउँदा खुसी व्यक्त गरेका थिए ।
View : 130
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved