विराटनगर । प्रेस चौतारी नेपाल मोरङ जिल्ला समितिले हरेक वर्ष प्रदान गर्दै आएको कृष्णप्रसाद सिग्देल युवा पत्रकारिता पुरस्कार यस वर्ष विराटनगरका पत्रकार हरिहर नेपाललाई प्रदान गर्ने निर्णय गरेको छ ।
चौतारी मोरङकी अध्यक्ष चीना थापाको अध्यक्षमा शनिबार कानेपोखरीमा बसेको बैठकले चौतारीका केन्द्रीय सदस्य कमल रिमाल संयोजक रहेको पुरस्कार छनोट समितिको सिफारिसका आधारमा नेपाललाई उक्त पुरस्कार दिने निर्णय गरेको हो ।
माघ २२ गते प्रेस चौतारी नेपालको २७ औं स्थापना दिवसको अवसर पारेर पुरस्कार हस्तान्तरण गरिने जनाइएको छ ।
सोही अवसरमा विद्यावारिधि हासिल गर्ने प्रेस चौतारी मोरङका अग्रजद्वय डा.डिल्ली पोख्रेल र डा.धर्मराज ढकाललाई सम्मान गर्ने निर्णय गरेको अध्यक्ष थापाले बताइन् । बैठकले प्रेस चौतारीका सदस्यहरूको क्षमता अभिवृद्धिका लागि तालिम आयोजना गर्ने निर्णय गरेको छ ।
उक्त बैठकमा प्रेस चौतारी कोशी प्रदेश समितिका महासचिव बाबुराम भण्डारी, नेकपा एमाले मोरङका सचिवालय सदस्य तथा प्रचार तथा प्रकाशन विभाग प्रमुख सन्तोष बान्तवा, कानेपोखरी गाउँपालिकाका उपाध्यक्ष भोला अधिकारी, प्रेस चौतारी कोशी प्रदेश समितिका सदस्य दिनेश सुब्बा लगायतले चौतारीको अभियानलाई आवश्यक सहयोग गर्ने बताएका थिए ।
View : 423
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved