सुन्दरहरैंचा : मोरङको सुन्दरहरैंचास्थित इन्द्रपुर बहुउद्देश्यीय सहकारी संस्थाको २३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
साधारणसभामा असल ऋणी र असल बचतकर्ताहरूलाई पुरस्कार वितरण गर्नुका साथै ज्येष्ठ सदस्यहरूलाई सम्मान र कर्मचारीलाई नगद सहित पुरस्कार वितरण गरिएको थियो । साधारणसभामा नगर प्रमुख केदारप्रसाद गुरागाईं, संस्थाका सल्लाहकार संयोजक चुडामणि तिम्सिना लगायतले शुझकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यत्रममा संस्थाका अध्यक्ष रामप्रसाद गजुरेलले वार्षिक प्रगति प्रतिवेदन र चालु आर्थिक वर्षको विवरण प्रस्तुत गरेका थिए । इन्द्रपुर सहकारीमा महिला ८९६ र पुरूष ७८३ गरी १ हजार ६७९ शेयर सदस्य छन् ।
View : 215
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved