गाईघाट, १८ मङ्सिर । जिल्लाको बेलका नगरपालिका–९ मा भएको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का भरत घिमिरेले पाँच सय ५९ मत प्राप्त गरी वडाध्यक्ष पदमा निर्वाचित भएका छन् ।
आइतबार राति मतगणनाका क्रममा बदर मतलाई लिएर विवाद भई गणना कार्य स्थगित भएपछि सोमबार दिउँसोदेखि सुरु भएको गणना राति ११ सम्पन्न भएको हो ।
घिमिरेका निकटतम् प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का मोहन खड्काले पाँच सय २५ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका नवराज बस्नेतले चार सय चार मत प्राप्त गरेको निर्वाचन अधिकृत कार्यालयका सूचना अधिकारी सुरेश पोखरेलले जानकारी दिए ।
माओवादी केन्द्रका घिमिरेले एमालेका खड्कालाई ३४ मतले पराजित गर्दै वडाध्यक्ष पदमा विजयी भएको बेलका–९ को निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बेलका–९ मा कूल मतदाता सङ्ख्या तीन हजार एक सय ४७ रहेकामा एक हजार आठ सय ८७ मत खसेको थियो ।
यस्तै उदयपुरको त्रियुगा नगरपालिका–१२ को वडाध्यक्ष पदमा पनि माआवादी केन्द्रका नवीनकुमार बान्तावा राई विजयी भएका छन् । यसअघि यी दुवै नगरपालिकाको वडाहरूमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका थिए । रासस
View : 392
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved