Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
राजनीति

धनकुटामा बन्यो कांग्रेस–एमालेको राजनीतिक संयन्त्र

उद्घोष सम्वाददाता
५ मंसिर २०८१, बुधवार

धनकुटा । धनकुटामा नेपाली कांग्रेस र नेकपा एमालेको दुई दलीय राजनीतिक संयन्त्र गठन भएको छ । 

श्रीवानीस्थित एमाले पार्टी कार्यालयमा मंगलबार बसेको दुई दलका पदाधिकारीहरुको बैठकले नेकपा एमालेका केन्द्रीय सदस्य एवं धनकुटा इञ्चार्ज राजेन्द्र राईको संयोजकत्वमा ६ सदस्यीय राजनीतिक संयन्त्र गठन गरेको हो ।

संयन्त्रमा कांग्रेस र एमालेबाट तीन–तीन जना सहभागी भएका छन् । संयन्त्रको सदस्यमा नेपाली कांग्रेसबाट सभापति दिनेश राई, उपसभापति सुनिल डंगोल र सचिव विजयसन्तोषी राई छन् । 

त्यस्तै, नेकपा एमालेबाट केन्द्रीय सदस्य राईसँगै जिल्ला अध्यक्ष शिव आङ्ला र सचिव पर्शुराम नेपाल संयन्त्रमा सहभागी भएको एमाले धनकुटाका प्रचार विभाग प्रमुख रविन कटेलले जानकारी दिए ।

यसैबीच, संयन्त्रको पहिलो बैठकले जिल्लामा दुई पार्टीबीच समन्वय गरेर अघि बढ्ने निर्णय गरेको छ । स्थानीय सरकार सञ्चालनमा समझदारीपूर्ण वातावरण निर्माण गरेर काम गर्ने, महत्वपूर्ण विषयहरुमा साझा धारणा निर्माण गरेर अघि बढ्ने लगायत निर्णय भएको संयन्त्रका सदस्य एवं एमाले सचिव पर्शुराम नेपालले जानकारी दिए ।

View : 26

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved