विराटनगर । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा उत्कृष्ट वित्तीय नतिजा सार्वजनिक गरेको छ ।
संस्थाले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो वर्षको तुलनामा खुद नाफा १०४.८३ प्रतिशतले वृद्धि गरी ३ करोड १७ लाख रुपैयाँ पुर्याएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा संस्थाको नाफा १ करोड ५५ लाख रुपैयाँ मात्र थियो ।
संस्थाको खुद ब्याज आम्दानी ७३.१९ प्रतिशतले बढेर ८ करोड ९४ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा पनि ३ करोड ८४ लाख रुपैयाँ कायम भएको छ । नाफासँगै संस्थाको प्रतिसेयर आम्दानीमा निकै सुधार आएर ५१.८७ रुपैयाँ पुगेको छ ।
सपोर्ट लघुवित्तको जगेडा कोष (रिजर्भ) ६ करोड ४९ लाख रुपैयाँ पुगेको छ । लगानीकर्ताका लागि उत्साहजनक पक्ष के छ भने, संस्थाको लाभांश क्षमता ३५.९६ प्रतिशत कायम भएको छ भने वितरणयोग्य मुनाफा ४ करोड ४० लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिसम्म संस्थाले ५३ करोड ८५ लाख निक्षेप संकलन गरी २ अर्ब १४ करोड रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको छ । यद्यपि, संस्थाको खराब कर्जा अनुपात भने १.७४ प्रतिशतबाट बढेर ३.१७ प्रतिशत पुगेको छ ।
विवरण अनुसार संस्थाको प्रतिसेयर शुद्ध सम्पत्ती १८९.०१ रुपैयाँ र तरलता अनुपात १०.५६ प्रतिशत रहेको छ ।
View : 56
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved