Biratnagar, Morang, Nepal
१४ साउन २०८३, बिहिवार
+977 21 450305, 515728, 578305
खेलकुद

विराटनगरमा बालसंस्कार योगसाधना केन्द्र सञ्चालन

उद्‌घोष संवाददाता
१२ साउन २०८३, मङ्गलवार

Advertisement

विराटनगर । बालबालिकाको व्यक्तित्व विकास र नैतिक शिक्षा प्रवर्द्धन गर्ने उद्देश्यका साथ विराटनगर–३ स्थित राधाकृष्ण मन्दिरमा ‘बालसंस्कार योगसाधना केन्द्र’ शनिबारबाट सञ्चालनमा आएको छ।

महिला पतञ्जली योग समिति मोरङकी कोषाध्यक्ष एवं योग प्रशिक्षक ज्ञानु न्यौपाने बोगटीको पहलमा सो साधना केन्द्रमा योग कक्षा नियमित रूपमा सञ्चालनमा आएको हो।

 साे केन्द्रको बृहत् वराहक्षेत्र विकास समितिका अध्यक्ष अविजाल विष्टको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको हो।

महिला पतञ्जलि योग समिति मोरङकी उपाध्यक्ष शारदा थापाको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा मन्दिरका पीठाधीश रुद्रशरण, अध्यक्ष पशुपतिनाथ रेग्मी, पतञ्जलि योग मोरङका पूर्वअध्यक्षद्वय सुरेश अग्रवाल र ध्रुव तामाङलगायतको उपस्थिति थियो।

 

वर्तमान समयमा बालबालिकाहरू नैतिक शिक्षा र संस्कारको अभावमा विभिन्न समस्यामा परिरहेकाले उनीहरूको सर्वाङ्गीण र व्यक्तित्व विकासका लागि योग कक्षा सञ्चालनमा ल्याएको केन्द्रकी संयोजक ज्ञानु न्यौपानेले बताइन्।

साँझ ६ देखि ७ बजेसम्म नियमित कक्षा सञ्चालन हुने पतञ्जली योग महानगर समिति विराटनगरका महासचिव डीबी बस्नेतले जानकारी दिए।

View : 118

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved