विराटनगर । भारतको उत्तर प्रदेशको कुशीनगर पुर्याएर बन्धक बनाइएका ४ सय ५३ नेपालीको उद्धार गरिएको छ ।
भारतीय प्रहरीको सहयोगमा लुम्बिनी प्रदेश प्रहरी र रूपन्देही प्रहरीको टोलीले शुक्रबार कुशीनगरमै पुगेर उद्धार गरेको हो ।
प्रहरीका अनुसार नेपालका विभिन्न जिल्लाका युवायुवतीहरूलाई आकर्षक जागिर र राम्रो कमाई हुने प्रलोभन देखाएर नेपालीहरूकै एक गिरोहले भारत पुर्याएर बन्धक बनाएको सूचनाको आधारमा प्रहरीले भारतीय प्रहरीको समन्वयमा गोप्य अपरेसन सुरू गरेको थियो ।
कुशीनगरमा बन्धक बनाएर फिरौती रकमसमेत माग गरिएको भन्दै पीडितका आफन्तले इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएका थिए । उद्धार अपरेसनलाई भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले प्रत्यक्ष सहयोग गरेका प्रहरीले जनाएको छ ।
प्रहरीले बन्धक बनाउने र पीडित सबैलाई ८ वटा भारतीय बसमार्फत नेपाल ल्याएको छ ।
सबैलाई जिल्ला प्रहरी कार्यालय भैरहवामा राखिएको र बन्धक बनाउने गिरोह पत्ता लगाएर पीडितहरूलाई आफन्तको जिम्मा लगाएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
View : 42
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved