Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

विश्वप्रकाश शर्मा झापा-१ मा उम्मेदवार नबन्ने, एन्फा अध्यक्ष नेम्वाङसहित पाँच जनाको नाम सिफारिस

उद्‌घोष संवाददाता
३ माघ २०८२, शनिवार

झापा । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेपछि झापा निर्वाचन क्षेत्र नं १ मा नयाँ पाँच जनाको नाम सिफारिस भएको छ ।

शनिबार बसेको कांग्रेस क्षेत्र नं १ क्षेत्रीय समितिको बैठकले पाँच जनाको नाम केन्द्रीय समितिमा सिफारिस गरेको क्षेत्रीय सभापति इन्द्र बुढाथोकीले जानकारी दिए ।

सिफारिस हुनेमा अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष रहेका पंकजविक्रम नेम्वाङसहित पाँच जना छन् । 

अधिवक्ता अशोककुमार पोखरेल, बिना तामाङ, गौतम मजुमदार र सुवेशकुमार पनेरू पनि उम्मेदवारका रुपमा सिफारिस भएका हुन् । 

पार्टीका तत्कालीन महामन्त्री एवम् वर्तमान उपसभापति शर्मा विसं २०७९ को निर्वाचनमा यसै क्षेत्रबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । 

उनले यस पटक निर्वाचन नलड्ने घोषणा गरिसकेका छन् ।

गत महिना पार्टी क्षेत्रीय समितिले झापा-१ का लागि शर्माको एकल नाम उम्मेदवारका रूपमा सिफारिस गरेको थियो ।

शर्माले यसपटक उम्मेदवार नबन्ने घोषणा गरेपछि पुनः नयाँ नाम सिफारिस गरिएको क्षेत्रीय सभापति बुढाथोकीले जानकारी दिए ।

View : 197

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved