Biratnagar, Morang, Nepal
१ माघ २०८१, मङ्गलवार
+977 21 450305, 515728, 578305
समाज

दोरम्बा पहिरोः शव परीक्षण गरी परिवारलाई बुझाइयो

उद्‌घोष सम्वाददाता
९ भदौ २०८१, आइतवार

मन्थली , ९ भदौ । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ मा  गएराति गएको पहिरोमा परी  मृत्यु भएका छ जनाको शव घटनास्थमै परीक्षण गरी परिवारलाई बुझाइएको छ । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कौशल न्यौपानेका अनुसार घाइतेलाई उपचारका लागि काठमाडाैँ पठाइएको छ भने मृतकको शव परीक्षण गरी आफन्तलाई जिम्मा लगाइएको हो ।

हराइरहेका अन्य चारजनाको खोजी भइरहेको सूचना अधिकारी न्यौपानेले जानकारी दिए ।

पहिरो एक किलोमिटर लामो भएकाले खोजतलासमा समस्या भइरहेको उनले बताए ।

पहिरोमा परी शैलुङ–३ की ३० वर्षीया चण्डिका श्रेष्ठ, उनका १८ महिने छोरा आयुष, सोही वडाका क्रमशः ५७ वर्षीया उर्मिला पहरी, ३० वर्षीया सन्दीप पहरी, ११ वर्षीय सन्तोष पहरी र १४ वर्षीय विज्ञान पहरीको ज्यान गएको थियो । 

सो वडाको लेखर्कमा गत राति परेको अविरल वर्षाका कारण खसेको पहिरोले तीनवटा घर बगाएको र एउटा घर पुरिएको प्रहरीले जनाएको छ ।

पहिरोले वडा नं २ र ३ को सिमानामा रहेको अँधेरी खोलाको पक्की पुल पनि बगाएको छ । रासस

View : 94

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved