Biratnagar, Morang, Nepal
१९ मंसिर २०८१, बुधवार
+977 21 450305, 515728, 578305
कोशी

नवनियुक्त आन्तरिक मामिलामन्त्री भण्डारीले लिए सपथ

उद्घोष सम्वाददाता
१७ मंसिर २०८१, सोमवार

विराटनगर । नेकपा एमाले कोशीका प्रमुख सचेतक रेवतीरमण भण्डारी प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री नियुक्त भएका छन् ।

मन्त्री नियुक्त भएका भण्डारीलाई सोमबार कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले पद तथा गोपनियताको सपथ गराएका छन् ।

विवादास्पद जापान भ्रमण प्रकरणसँगै मानव तस्करी अभियोगमा नाम जोडिएर तत्कालीन मन्त्री लीलाबल्लभ अधिकारीले पदबाट राजीनामा दिएपछि भण्डारीले उक्त मन्त्रायल सम्हाल्ने अवसर पाएका हुन् ।

२०७९ को प्रदेश सभा निर्वाचनमा सुनसरी २ को प्रदेश निर्वाचन क्षेत्र नम्बर (१) बाट कोशी प्रदेश सभा सदस्य निर्वाचित भएका भण्डारी संविधान सभा सदस्य समेत हुन् ।

उनी कानुन निर्माणको क्षेत्रमा विज्ञ मानिन्छन् ।

View : 80

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved