विराटनगर । आजदेखि सुरु हुने एमाले विराटनगर महानगर कमिटीको दोस्रो अधिवेशनमा अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी रहने नवराज नेपाल (टुप्पी) ले घोषणा गरेका छन् ।
उनले उद्घोषसँग कुरा गर्दै आफू फरक समूहबाट प्यानलै उम्मेदवारी दिने तयारीमा जुटिसकेको बताए ।
ढकाल–थापा समूहमा रहँदै आएका नेपाल थापाकै कमिटीका उपसचिव हुन् ।
मानगढ खानेपानीमा लालमणि भट्टराईलाई अध्यक्षको उम्मेदवार खडा गर्न सघाएको आरोपमा थापासँगै कारवाही भोगेका नेपाल अहिले पार्टीभित्रै सक्रिय छन् ।
उनले यसअघि नै आफू अध्यक्षको उम्मेदवार रहेको बताइसकेका थिए ।
‘निर्वाचन आयोगमा मेरो विरुद्ध उजुरी परेकोले नेतृत्व व्यवस्थापनमा संशय भएको मात्रै हो’ नेपालले भने, ‘म अहिले पनि छलफलमै छु, मेरो अध्यक्ष पदका लागि उम्मेदवारी कायम हुन्छ, म अध्यक्षकै उम्मेदवार हो ।’
उनले आफू तेस्रो समूहका रुपमा भए पनि अध्यक्षको उम्मेदवारी दिने बताए ।
View : 316
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved