Biratnagar, Morang, Nepal
७ मंसिर २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
राजनीति

सुनसरी एमाले निर्वाचन

पाँच सय मत गनिसक्दा अध्यक्षमा खनाललाई ७३ मतको अग्रता, उपाध्यक्षमा मत बराबरी

उद्घोष सम्वाददाता
९ जेठ २०८१, बुधवार

विराटनगर । नेकपा एमाले सुनसरी जिल्ला कमिटीको नेतृत्व चयनका लागि मतगणना जारी रहँदा अध्यक्षमा निलम खनालले आफ्नो अग्रता कायमै राखेका छन् । ५०० मत गणना सकिंदा खनाल प्रत्यासी खेमराज पोखरेलभन्दा ७३ मतले अगाडि छन् ।

खनालले २८२ मत प्राप्त गरेका छन् । पोखरेलले २०९ मत ल्याएका हुन् । खनाल र पोखरेल प्यानलै चुनावी मैदानमा उत्रिएका थिए । 

उपाध्यक्ष पदमा पर्शुराम यादव र नन्द बस्नेतबीच कडा प्रतिष्पर्धा देखिएको छ । ४०० मत गनिसक्दासम्म खनाल प्यानलका यादव दुई मतले अगाडि रहेकोमा अहिले ५०० मत गनिसक्दा उनीहरुको मत बराबरी भएको छ । दुवैले बराबरी २४४ मत पाइसकेका छन् ।

सचिवमा खनाल प्यानलका राम कोइराला अगाडि छन् । उनले २७९ मत पाइसकेका छन् । सचिवका अर्का दाबेदार पदम लिम्बुले २०५ मत प्राप्त गरेका छन् ।

उपसचिव (पुरुष) तर्फ पनि खनाल समुहका यामकुमार सुब्बाले अग्रता बनाएका छन् । सुब्बाले २८० मत प्राप्त गर्दा पोखरेल समुहका देवानन्द मेहताले १५१ मत प्राप्त गरेका छन् ।

उपसचिव (महिला) मा इन्द्रकला राईले ३२३ मत प्राप्त गरेकी छन् । उनी खनाल समुहबाट चुनाव लडेकी हुन् । पोखरेल पक्षकी कमला मगरले १३५ मत प्राप्त गरेकी हुन् ।

निर्वाचनमा ६७८ मत खसेको थियो । कुल प्रतिनिधि संख्या ७३० रहेको थियो । आजै केहिबेरमा अन्तिम मतपरिणाम आउने जनाइएको छ ।

जिल्ला कमिटीको आठौं अधिवेशनको उद्घाटन पश्चात सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि मंगलबार निर्वाचन गरिएको थियो ।

View : 246

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved