Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

विराटनगरका पूर्व वडाध्यक्ष उप्रेतीको निधन

उद्‌घोष संवाददाता
१३ असार २०८२, शुक्रवार

पूर्वअध्यक्ष प्रवीण(पारु) उप्रेती

विराटनगर । विराटनगर महानगरपालिका वडा नं. २ का पूर्वअध्यक्ष प्रवीण(पारु) उप्रेतीको निधन भएको छ । उनको काठमाडौंमा शुक्रबार दिउँसो निधन भएको हो । केही दिनदेखि काठमाडौंमा भाइ तुम्बरुको उपचार र हेरचाहमा रहेकै अवस्थामा उनको निधन भएको नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य महेश रेग्मीले जानकारी दिए ।

उनका भाइ तुम्बरु केही दिनअघि दुर्घटनामा घाइते भएका थिए । आम मानिसबीच पारु नामले चिनिएका ५५ वर्षीय उनको आकस्मिक निधनले आफूहरू स्तब्ध भएको रेग्मीले बताए । पछिल्लो समयमा उप्रेती नेकपा एकीकृत समाजवादीमा आवद्ध थिए । उनी यसअघि सो पार्टीको प्रदेश कमिटी सदस्य थिए । उप्रेतीको शुक्रबार साँझ नै काठमाडौं पशुपतिनाथ आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । पारु २७ वर्षको उमेरमा नेकपा एमालेका तर्फबाट वडाध्यक्ष निर्वाचित भएका थिए । उनी राजनीतिबाहेक खेल क्षेत्रमा पनि सक्रिय थिए  । उनका एक छोरा र श्रीमती छन् ।

View : 615

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved