विराटनगर । विराटनगर मालपोत कार्यालयलाई अन्नपूर्ण राठी केबल इन्ड्रस्ट्रिजले कम्प्युटर, प्रिन्टरसहित विद्युतीय सामग्री प्रदान गरेको छ ।
जेनजी आन्दोलनका क्रममा जलेर क्षति पुगेको कार्यालयलाई केही आवश्यक सामग्री अन्नपूर्ण केबलले मंगलबार प्रदान गरेको हो ।
कार्यालयको कामकाज सहज बनाउनका लागि कम्प्युटर, प्रिन्टर, बिजुली आपूर्तिका तारलगायतका तीन लाख बराबरको सामग्री हस्तान्तरण गरिएको कम्पनीका अध्यक्ष श्याम राठीले जानकारी दिए ।
कम्पनीको सामाजिक उत्तरदायित्वअन्तर्गत आफूहरूले उक्त सहयोग गरेको उनले बताए ।
उनले सार्वजनिक सेवा प्रवाहमा बाधा नआओस् भन्ने उद्देश्यले तत्काल आवश्यक सामग्री उपलब्ध गराएको बताए ।
View : 340
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved