विराटनगर । विराटनगर–१२ स्थित बखरी आधारभूत विद्यालयको ३८ औं वार्षिकोत्सवका अवसरमा विद्यालयका उत्कृष्ट शिक्षक र विद्यार्थीहरुलाई सम्मान गरिएको छ ।
सोमबार विद्यालयमा आयोजित कार्यक्रममा १६ वर्षदेखि विद्यालयमा अध्यापनरत गीता ढकाललाई सम्मान र कक्षागत परीक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको हो । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उनीहरुलाइ सम्मान र पुरस्कार प्रदान गरे ।
सो अवसरमा समाजसेवी मणिकुमार अर्ज्यालले आˆना बुवाको नाममा स्थापना गरेको गुणगोपाल अर्ज्याल स्मृति छात्रवृत्तिसमेत प्रदान गरिएको थियो ।
त्यस्तै समाजसेवी अश्विनी अर्ज्याल र बिना अर्ज्यालले विद्यालयमा अक्षयकोष स्थापना गर्ने गरी १ लाख नगद प्रदान गरेका थिए । विद्यालयका प्रधानाध्यापक गोविन्द गजुरेलले केही वर्षभित्र विराटनगरकै नमूना विद्यालय बनाउने गरी काम गरिरहेको जानकारी दिए ।
View : 179
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved