Biratnagar, Morang, Nepal
२८ पुष २०८१, आइतवार
+977 21 450305, 515728, 578305
खेलकुद

आजदेखि आठौं संस्करणको रात्रिकालिन विराट गोल्डकप

ट्रष्टमाथि अघिल्लो बर्ष विराटनगरकै निजी फुटबल क्लबलाई प्रतियोगिता नै भाडामा लगाएर गोल्डकपको छवि धमिल्याएको आरोप लागेको थियो । ट्रष्टले पुरस्कार राशीलाई आफूखुसी बढाएर प्रतियोगितालाई नै घाटामा लगेपछि गोल्डकपप्रति आम विराटनगरबासीले प्रश्न उठाएका थिए ।
उद्‌घोष सम्वाददाता
१५ चैत २०८०, बिहिवार

विराटनगर। विराटनगरमा बिहीबारदेखि आठौं संस्करणको रात्रिकालिन विराट गोल्डकप हुने भएको छ । उद्घाटन खेल आमन्त्रित टोली आरटीसी फुटबल क्लव थिम्पु भुटान र विभागीय टोली नेपाल पुलिसबीच तय भइसकेको छ । 

प्रतियोगिताको सवै तयारी पूरा भएको आयोजक विराट गोल्डकप फुटबल ट्रष्टका अध्यक्ष किशोरबहादुर शाहीले जानकारी दिए ।

विराटनगरको शहीद रंगशालामा हुने प्रतियोगिताका लागि आयोजक टोली सांग्रिला मोरङ फुटवल एसोसिएशन मैदानमा हुनेछ । 

प्रतियोगितामा भारतका दुईवटा आमन्त्रित क्लवहरु साउथर्न समिति फुटबल संघ कोलकाता भारत र सिक्किम ड्रागन फुटबल क्लव सिक्किम पनि खेल्दैछन् । 

पुलिससहित सशस्त्र प्रहरी र त्रिभुवन आर्मी पनि मैदानमा भेट हुनेछन् । त्यसबाहेक ए डिभिजन क्लवहरु मच्छिन्द्र फुटबल क्लव, एनआरटी क्लव  र चर्च व्वाइज फुटबल क्लबबीचको प्रतिष्पर्धाले दर्शकलाई पूर्ण रुपमा खेल मनोरञ्जन दिने अध्यक्ष शाहीले बताए ।

ट्रष्टमाथि अघिल्लो बर्ष विराटनगरकै निजी फुटबल क्लबलाई प्रतियोगिता नै भाडामा लगाएर गोल्डकपको छवि धमिल्याएको आरोप लागेको थियो । ट्रष्टले पुरस्कार राशीलाई आफूखुसी बढाएर प्रतियोगितालाई नै घाटामा लगेपछि गोल्डकपप्रति आम विराटनगरबासीले प्रश्न उठाएका थिए ।

त्यसैबाट पाठ सिकेर यसपटक आफैं प्रतियोगिता गर्न ट्रष्ट जुटेको हो ।

प्रतियोगिताको विजेताले ११ लाख, उपविजेताले ५ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार पाउने जनाइएको छ । उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई नगद २१ हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।

प्रतियोगिताको मुख्य प्रायोजक एनआईसी एशिया बैंक र एशियन थाई फुड छन् । प्रतियोगिता आयोजना गर्न कोशी प्रदेश सरकार, विराटनगर महानगरपालिका र राष्ट्रिय खेलकुद परिषदले नगद अनुदान दिने जनाइएको छ । टिकटबाट न्यूनतम् ५० लाख रुपैयाँ उठ्ने ट्रष्टको दाबी छ ।

View : 308

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved