झापा : झापाको बिर्तामोड–१ स्थित इकम कलेजले संविधान बिपरित शिलालेख राखेको भन्दै चौतर्फी बिरोध भएको छ । कलेज परिसरमा निर्माण गरिएको पृथ्वीनारायण शाहको शालिकमा पूर्वराजा ज्ञानेन्ऽ शाहको नाम बहालवाला जस्तै गरी उल्लेख गरिएको भन्दै बिरोध शुरु भएको हो ।
शनिबार कलेजको उद्घाटन कार्यक्रममा नवनिर्मित शालिकको ज्ञानेन्ऽ शाहले अनावरण गरेका थिए । नेपाल सरकारको नीति नियम बमोजिम दर्ता भई सञ्चालनमा रहेको इकम कलेजले शिलालेखमा ‘श्री ५ महाराजाधिराज ज्ञानेन्ऽ वीर विक्रम शाह’ उल्लेख गरेको छ ।
शिलालेखको लेखाइ अनुसार कार्यक्रम आयोजक संस्थाले संविधानको ठाडो उल्लंघन गरेको कतिपयको तर्क छ । कलेजले राजतन्त्रकै हवाला दिने गरी शिलालेख बनाएर पूर्वराजा ज्ञानेन्ऽको उपस्थितिमा उद्घाटन गरेको हो ।
कलेजका संस्थापक अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत आलोक कार्कीले शिलालेखमा त्रुटि भएको स्वीकार गरेका छन् । उनले पूर्वराजाको सचिवालयबाट प्राप्त नमूना अनुसार शिलालेख तयार गरिएको जानकारी दिए । उनले भने– शिलालेख तयार भइसकेपछि हामीले पनि महसुस गरेका थियौं । तर, समय अभावले सच्याउन सकेनौं । केहिदिन भित्र पूर्व राजा लेखेर अर्को शिलालेख राख्नेछौं । उनले आफूहरु संविधान विरुद्ध नरहेको स्पष्ट समेत पारेका छन् ।
उद्घाटन कार्यक्रममा राष्ट्रिय गान ‘सयौं थुगा फूलका हामी, एउटै माला नेपाली’ समेत बजाइएको थिएन । सो सन्दर्भमा जिज्ञासा राख्दा उनले भने, राष्ट्रिय गान नबजाउन अनुरोध थियो । तर, बझाउन नपाएकोमा खल्लो लागेको छ ।
पूर्व कानुनमन्त्री अग्नी खरेलले राजतन्त्र नभएको देशमा कलेजले राजा छन् भन्ने सन्देश दिन खोजेर गम्भीर त्रुटि गरेको बताएका छन् । उनले सो कलेजलाई तत्काल त्रुटि सच्याउन भनेका छन् ।
पूर्व महान्यायधिवक्ता समेत रहेका खरेलले ‘श्री ५ महाराजधिराज’ लेख्दा पनि नेपाल सरकारले के हेरेर बसरिहेको छ भन्दै प्रतिप्रश्न गरेका छन् । उनले राजतन्त्र अन्त्य भइसकेको अवस्थामा राजा छन् भन्ने सन्देश दिनु शैक्षिक संस्थाको ठुलो कमजोरी भएको बताए ।
झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले हुादै नभएको पद लेख्न नपाइने बताएका छन् । यो विषय जानकारी लिइरहेको छ, लेख्न नमिल्ने विषय लेखेको भए तत्कालै मेटाउन लगाइने उनले जानकारी दिए ।
View : 169
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved