विराटनगर । आफ्नै बृद्ध बाबुलाई जंगलमा लगेर छाडेको आरोप लागेका बेलबारी नगरपालिका–७ झाँगर टोलका जलुवा ऋषिदेवले त्यस्तो आरोप अस्वीकार गरेका छन् । मंगलबार बेलबारी–१ नक्सालपूर्वको जंगलमा अलपत्र अवस्थामा फेला परेका ७० वर्षीय जामुनलाल झाँगरलाई उनकै छोराबुहारीले लगेर फालेको आरोप लागेको थियो ।
उद्धारका क्रममा अर्धचेत अवस्थामा भेटिएका जामुनलालले आफूलाई छोराबुहारीले ल्याएर फालेको सुरक्षाकर्मीहरुलाई बताएका थिए । छोरा जलुवा ऋषिदेवले आफूलाई गलत आरोप लगाएर फसाइएको भन्दै गुनासो पोखेका छन् ।
न्यून आर्थिक अवस्थाका उनले आफू सफाई मजदुरी गर्ने, दाउरा चिर्ने र खेतीबारीमा ज्यालादारीमा काम गरेर जीवनयापन गर्दै आएको बताए । उनले आफूले कहिल्यै गलत काम नगरेको बताए ।
जलुवाका बुवा जामुनलाललाई जंगलबाट सिकिस्त अवस्थामा उद्धार गरी उपचारका लागि बेलबारी नगर अस्पतालमा भर्ना गरिएको छ । उनको उपचार भइरहेको जनाइएको छ । छोरा जलुवासमेत विरामी भएर सोही अस्पतालमा उपचारका लागि भर्ना भएको पनि जनाइएको छ ।
View : 167
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved