विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघको ५९औँ वार्षिक साधारण सभाले सात प्रदेश समितिमध्ये कोशी प्रदेशलाई उत्कृष्ट घोषणा गरेको छ ।
महासंघको साधारण सभा तथा उद्योग वाणिज्य दिवस २०८१ को अवसर पारेर कोशी प्रदेशलाई उत्कृष्ट प्रदेश समिति घोषणा गरिएको हो ।
उत्कृष्ट घोषित प्रदेश समितिका अध्यक्ष राजेन्द्र राउतलाई महासंघका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मान–पत्र प्रदान गरेका हुन् ।
राउतकै नेतृत्वमा महासंघ कोशी प्रदेश समितिले अढाई तले आफ्नै कार्यालय भवनको निर्माण सुरू गरिसकेको छ । त्यसका साथै विभिन्न सहयोगी तथा दातृ निकायहरूको सहकार्यमा उद्यमीहरूको क्षमता विकास,
कृषि क्षेत्रको विकास, स्टार्टअप कार्यक्रम, कृषि तथा रोजगार मेला, ढाका महोत्सवलगायतका कार्यक्रम आयोजना गरी उदाहरणीय कार्य गरेका कारण पुरस्कृत भएको जनाइएको छ ।
त्यसैगरी महासंघ प्रदेश समिति र भारतको विहार इण्डष्ट्रिज एसोसिएसनबीच भगिनी सम्बन्धसमेत स्थापना गरेर दुई देशीय औद्योगिक तथा व्यावसायिक सम्बन्ध विस्तार गरेका कारण सम्मानित गरिएको जनाइएको छ ।
View : 426
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved