Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
खेलकुद

लिटमस बन्यो सुदूरपश्चिमको ‘कनेक्टिभिटी’ पार्टनर

उद्‌घोष संवाददाता
७ मंसिर २०८२, आइतवार

विराटनगर । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि नेपालको अग्रणी तार तथा केबल उत्पादक लिटमस केवल्स सुदूरपश्चिम रोयल्सको ‘कनेक्टिभिटी’ पार्टनरको रूपमा जोडिएको छ । 

काठमाडौंमा  लिटमस इन्डस्ट्रिज लिमिटेडका एसोसिएट उपाध्यक्ष सञ्जिव झा र सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश खड्काले सम्झौतामा हस्ताक्षर गरे ।

सम्झौतापछि बोल्दै सुदूरपश्चिमका सीईओ खड्काले देशको अग्रणी ब्रान्ड लिटमससँग जोडिन पाउँदा खुसी व्यक्त गरे । उनले भने, ‘यसले सुदूरपश्चिमको टिमसँग राम्रो सम्बन्ध जोड्ने माध्यम बन्नेछ ।’ 

लिटमस इन्डस्ट्रिजका एसोसिएट उपाध्यक्ष सञ्जिव झाले सुदूरपश्चिमसँगको सहकार्यले नेपालका प्रतिभाहरूलाई पहिचान गर्न र आगामी पुस्ताका खेलाडीहरूलाई सशक्त बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

View : 109

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved