Biratnagar, Morang, Nepal
१८ मंसिर २०८१, मङ्गलवार
+977 21 450305, 515728, 578305
शिक्षा

शिक्षक वक्तृत्वकलामा तिम्सिना प्रथम

उद्घोष सम्वाददाता
२८ फागुन २०८०, सोमवार

विराटनगर । अन्तरपालिकास्तरीय विवाहित महिला शिक्षकहरुको वक्तृत्वकला प्रतियोगितामा सत्यनारायण मावि विराटनगरकी कल्पना तिम्सिना प्रथम भएकी छन् । 

मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानीय तहका महिला शिक्षकाहरु सहभागी सो प्रतियोगीमा पब्लिक मावि ग्रामथानकी शशिकला थापा द्वितीय र वुद्धेश्वर मावि जहदाकी मधु झाले तृतीय स्थान हासिल गरे ।

११४ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आयोजित सो प्रतियोगिता कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय, गोल्स फाउन्डेशन, ओरेक नेपाल,जीवन विकास लघुविक्त वित्तीय संस्थाले संयुत्त रुपमा विराटनगरमा गरिएको थियो ।

प्रारम्भिक चरणमा तोकिएका स्थानीय तहहरुमा सोही तहसँगको सहकार्यमा प्रतियोगिता गराइएको थियो । ती प्रतियोगितामा प्रथम हुनेहरुका बीचमा अन्तिम प्रतिस्पर्धा गराइएको आयोजक  पूजा विश्वासले बताइन् ।

महिला सशक्तिकरण शीर्षकमा प्रत्येक प्रतियोगीलाई वक्तव्य दिन सात–सात मिनेट समय दिइएको थियो । उनका अनुसार प्रतियोगी मूल्याङ्कनका लागि सम्बन्धित क्षेत्रमा कार्यरत तीनजना विज्ञको टोली बनाइएको थियो ।

प्रतियोगितामा आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सुनिता गुरुङले विजयीलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरेकी थिइन् ।

View : 229

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved