विराटनगर । मदन भण्डारी लोकमार्ग अन्तरगत मोरङको लेटाङ नगरपालिका–५ मा मंगलबार दिउँसो सिटी सफारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
मंगलबार दिउँसो पौने दुई बजेतिर भएको दुर्घटनामा सिटी सफारीमा सवार लेटाङ–४ का ३२ वर्षीय जनम तामाङको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
गम्भीर घाइते भएका तामाङलाई उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होम ल्याइएकोेमा उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए ।
सिटी चालक लेटाङ–४ का ३९ वर्षीय भीषण राई भने सामान्य घाइते भएको जनाइएको छ । उनको लेटाङकै एड्भान्स अस्पतालमा उपचार भइरहेको र प्रहरीको निगरानीमा रहेको जनाइएको छ ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।
View : 316
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved