Biratnagar, Morang, Nepal
२६ पुष २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
साहित्य

भाइटीका थिममा एनसेलको लघु चलचित्र प्रतियोगिता

उद्‌घोष सम्वाददाता
२१ कार्तिक २०८०, मङ्गलवार

काठमाडौं : एनसेल आजियाटा लिमिटेडले चलचित्रमार्फत दाजुबहिनी, दिदीभाइहरूको विशेष सम्बन्ध चित्रण गर्न भाइटीकाको विषयबस्तुमा लघु चलचित्र प्रतियोगिताको आयोजना गरिरहेको छ । सो प्रतियोगितामा आकर्षक कथा र प्रस्तुतिमार्फत दर्शकलाई प्रेरित गर्ने खालको चलचित्र बनाउन सक्ने सबै इच्छुक व्यक्ति वा समुहले भाग लिन सक्ने जनाइएको छ । 

सो प्रतियोगितामा सहभागी हुन इच्छुक दिदीभाइहरूको हृदयस्पर्शी सम्बन्धलाई ३ देखि ५ मिनेटको भिडियो अर्थात चलचित्रमा सुन्दर ढंगमा प्रस्तुत गरेको हुनु पर्दछ । भिडियोको कथामा एनसेलको सरप्राइज योजना, रिचार्ज, डेटा वा भ्वाइस प्याक प्रयोगका बारेमा एक वा बढी तत्वहरू समावेश गरी ‘हामी तपाईंकै लागि’ विषयवस्तुको वरिपरि घुमेको हुनु पर्दछ ।

प्रतियोगितामा प्रथम हुने व्यक्ति वा समूहले  १ लाख नगद पुरस्कार प्राप्त गर्ने छन् । त्यस्तै दोस्रो हुनेले  ७५ हजार र तेस्रो हुनेले  ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

“हामी उदीयमान फिल्म निर्माताहरूका लागि प्लेटफर्म प्रदान गर्न पाउँदा अत्यन्तै उत्साहित छौं । विभिन्न समूह र सहभागीहरूले आफ्नै कथा तथा प्रस्तुतीमार्फत देखाउने कला पक्कै राम्रो हुनेछ । अझै राम्रो पाटो भनेको हामी सधै अरूको रचनात्मक प्रयासहरूबाट धेरै प्रेरणा लिइरहेका हुन्छौं,” एनसेलका प्रमुख व्यावसायिक अधिकृत उमर मोहसिनले भने ।

प्राप्त सबै भिडियोहरु मध्ये छानिएका भिडियोहरु भाइटीकाको दिन एनसेलको सामाजिक सञ्जाल प्लेटफर्महरुमार्फत सार्वजनिक गरिनेछ । निर्देशक, निर्माता तथा अभिनेता आशिफ शाह, मल्टिमिडिया स्टोरीटेलर तथा द रेकर्ड नेपालको निर्माता साहाना बज्राचार्य र फिल्म निर्माता अविन भोको एक निर्णायक मण्डलले सो प्रतियोगितामा प्राप्त भिडियोहरुको समीक्षा र मुल्यांङकन गर्नेछ ।

सो प्रतियोगिताका विजेताहरु कात्तिक २९ गते भाइटीकाको दिन घोषणा गरिनेछ ।  सहभागी हुन इच्छुकहरुको प्रतिक्रिया र अनुरोधका आधारमा प्रतियोगिताको भिडियो बुझाउने मिति कात्तिक २३ गतेसम्म थप गरिएको एनसेलले जनाएको छ ।

View : 115

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved