भोजपुर । भोजपुरको अरुण गाउँपालिका–४ चरम्बीस्थित रणबहादुर भुजेलको घरमा गए राति अज्ञात समूहले आगजनी गरेको छ ।
आगलागीबाट तीन तले घर, काठका सामग्री, दुईवटा मोटरसाइकल, मकैलगायत करिब १७ लाख मूल्य बराबरको क्षति भएको अस्थायी प्रहरी चौकी चरम्बीका प्रहरी सहायक निरीक्षक ओम थापाले जानकारी दिए ।
आइतबार बिहानको राति घरमा सुतेको अवस्थामा अचानक आगलागी भएपछि स्थानीयले होहल्ला गरेपश्चात घर परिवारका सदस्य, स्थानीय, प्रहरी लगायतले आगो निभाएका थिए ।
आगलागी नयाँ घरमा भएको थियो भने घर परिवारका सदस्य पुरानो घरमा बस्दै आएका छन् ।
घटनाको बारेमा अनुसन्धान जारी रहेकोसमेत असई थापाले जानकारी दिए ।
View : 314
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved