Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

विराटनगर इन्टरनेशनल कलेजले गर्यो दीक्षान्त समारोह

उद्‌घोष संवाददाता
१७ मंसिर २०८२, बुधवार

विराटनगर । विराटनगर इन्टरनेशनल कलेजले इटहरीमा आफनो वार्षिक दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न गरेको छ । 

कलेजले यस वर्षका स्नातक विद्यार्थीहरूको शैक्षिक उपलब्धि, समर्पण र कडा मेहनतलाई सम्मानपूर्वक उद्घोष गर्दै समारोह सम्पन्न गरेको हो ।

यस वर्ष कलेजका ६४ जना विद्यार्थीले स्नातक उपाधि प्राप्त गरेका छन् । 

तीमध्ये ५४ जना बीएससी अन्तर्राष्ट्रिय व्यवस्थापन  र १० जना बीएससी अन्तर्राष्ट्रिय व्यवस्थापनमा दीक्षित भएका छन् । 

कलेजका अनुसार यी विद्यार्थीहरू अब राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धात्मक यात्रामा अघि बढ्न सक्षम बनेका छन् ।

समारोहमा  इनोभेट नेपाल ग्रुपका संस्थापक एवं अध्यक्ष सुलभ बुढाथोकीले स्नातक विद्यार्थीहरूलाई बधाई दिदै परिवर्तनकारी सोच, नेतृत्व क्षमता र सामाजिक जिम्मेवारीसहित अघि बढ्न प्रेरित गरे ।

कार्यक्रममा कलेजको शैक्षिक साझेदार वोल्भरह्याम्पटन विश्वविद्यालयका प्रतिनिधिले पनि उपस्थिति जनाउँदै स्नातकहरूको अनुशासन, प्रतिबद्धता र मेहनतको प्रशंसा गरे । 

उनले विद्यार्थीहरूको शैक्षिक यात्रा कलेज र विश्वविद्यालयबीचको सुदृढ साझेदारीको सफल नतिजा भएको टिप्पणी गरे ।

विराटनगर इन्टरनेशनल कलेजका अध्यक्ष तथा व्यवस्थापन टोलीले स्नातक–२०२५ लाई हार्दिक बधाई दिंदै उनीहरूले नेपालको व्यवस्थापन, उद्यम, आतिथ्य सेवा तथा विश्वव्यापी अवसरहरूको क्षेत्रमा महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरेको छ ।

View : 90

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved