Biratnagar, Morang, Nepal
१८ मंसिर २०८१, मङ्गलवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

दुर्गा प्रसाँईको बी एण्ड सी मेडिकल कलेजलाई १५ दिनभित्र सम्बन्धन दिन सर्वोच्चको आदेश

उद्घोष सम्वाददाता
२४ जेठ २०८१, बिहिवार

विराटनगर । सर्वोच्च अदालतले दुर्गा प्रसाईको झापाको बी एण्ड सी मेडिकल कलेजलाई १५ दिनभित्र सम्बन्धन दिन निर्देशनात्मक आदेश जारी गरेको छ ।

सर्वोच्चका न्यायाधीशहरू डा. कुमार चुडाल र सारंगा सुवेदीको इजलासले काठमाडौ विश्वविद्यालय काभ्रे र चिकित्सा शिक्षा आयोग भक्तपुरका नाममा परमादेश जारी गरेको हो । २०८० साल चैत १२ गते भएको फैसलाको पूर्णपाठ सर्वोच्च अदालतले सार्वजनिक गरेको हो ।

सर्वोच्च अदालतले यस वर्षको शैक्षिक सत्र सुरु हुनुअघि एमबीबीएस विद्यार्थी भर्ना गर्न पाउने गरी सम्बन्धन दिनू, दिलाउनू भनी निर्देशनात्मक आदेश दिएका हो ।

सो फैसलासँगै १५ दिनभित्र चिकित्सा शिक्षा आयोग र काठमाडौं विश्वविद्यालयले यसबारेमा निर्णय गर्नुपर्ने छ ।

आयोग र काठमाडौं विश्वविद्यालयले फैसला बुझेपछि १५ दिनको समयसीमा गणना हुनेछ । ठूलो लगानी गरे पनि कलेजलाई सम्बन्धन नदिएपछि प्रसाईंले आन्दोलन गर्दै आएका थिए ।

View : 218

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved