विराटनगर । विराटनगरमा जारी नारी उत्सवको अवसरमा आयोजित तिज क्विन २०८१ को उपाधि सदीक्षा थापाले जितेकी छन् ।
मोरङ उद्योग व्यापार संघ महिला उद्यम समितिको आयोजनामा शुक्रबारदेखि सुरु भएको नारी उत्सवको अवसरमा तिज क्विन प्रतियोगिता आयोजना गरिएको हो ।
३० जना प्रतियोगी मध्येबाट छनौटमा परेका १३ बीच भएको प्रतिष्पर्धाबाट सदीक्षाले उपाधि जितेकी हुन् ।
महिला उद्यम समितिले तिजको अवसर पारेर आयोजना गरेको यो प्रतियोगिताको फस्ट रनरअप आशा झा भइन् । त्यसैगरी सेकेन्ड रनरअप सलिना श्रेष्ठ बनेकी छन् ।
प्रतियोगितामा सहभागी हुन १८ बर्ष माथिका विवाहित अविवाहित दुवै महिलालाई अवसर दिइएको थियो ।
प्रतियोगिताको उपाधि जितेकी सदिक्षाले ११ हजार रुपैयाँ नगदसहित क्राउन र विभिन्न कम्पनीहरूले प्रयोजन गरेका उपहारहरू प्राप्त गरेकी छन् ।
फस्ट रनरअप आशाले नगद ७ हजार र गिफ्ट ह्याम्पर तथा सेकेन्ड रनरअप भएकी सलिनाले ५ हजार र गिफ्ट ह्याम्पर प्राप्त गरेको जनाइएको छ ।
साथै प्रतिष्पर्धामा सहभागी भएका सबै प्रतिस्पर्धीहरूलाई समेत विभिन्न कम्पनीहरूको तर्फबाट उपहारहरू प्रदान गरिएको तिज क्विन २०८१ की संयोजक जिना श्रेष्ठले जानकारी दिइन् ।
View : 4852
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved