विराटनगर । कोशी प्रदेशका १४ जिल्लास्थित जिल्ला प्रहरी कार्यालय मध्ये जिल्ला प्रहरी कार्यालय पाँचथर उत्कृष्ट घोषित भएको छ ।
कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक र मातहत कार्यालय प्रमुखबीच आर्थिक वर्ष २०८१–८२ का लागि भएको बार्षिक कार्यसम्पादन सम्झौता अनुसार प्रहरी कार्यालय पाँचथर उत्कृष्ट घोषित भएको हो ।
प्रदेश प्रहरी कार्यालयले गत आवको कार्य प्रगति विवरण समिक्षा गर्दै जिल्ला प्रहरी कार्यालय पाँचथरलाई कार्य सम्पादन सम्झौता बमोजिम उत्कृष्ट घोषणा गरेको जनाइएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्की र १४ वटै जिल्लाका प्रहरी प्रमुखहरूबीच बुधबार भएको भर्चुअल समीक्षा कार्यक्रममा साउनदेखि असार मसान्तसम्म सम्पादन गरेका कार्यहरुको प्रगति विवरण पेश गरिएको गरिएको थियो ।
१४ वटै जिल्ला प्रहरी कार्यालयहरूबाट प्राप्त तथ्याङ्कको आधारमा विश्लेषण गर्दा जिल्ला प्रहरी कार्यालय पाँचथरले शतप्रतिशत लक्ष्य हाँसिल गरेको भन्दै सर्वोत्कृष्ट घोषणा गरिएको हो ।
प्रदेश प्रहरी प्रमुख कार्कीले उत्कृष्ट हुन सफल जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायव उपरीक्षक कौशलकुमार बुढाथोकीलाई बधाई ज्ञापन गरे ।
कार्कीले आगामी दिनमा शान्ति सुरक्षा लगायतका कार्यमा थप रचनात्मक हुन आग्रहसमेत गरेका थिए ।
View : 543
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved