Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
समाज

डा. सजिनालाई धिमाल युवा प्रतिभा पुरस्कार

उद्‌घोष संवाददाता
२९ जेठ २०८२, बिहिवार

Advertisement

उर्लाबारी । धिमाल जातीय विकास केन्द्र, केन्द्रीय समितिले हरेक वर्ष प्रदान गर्दै आएको धिमाल युवा प्रतिभा पुरस्कार डा. सजिना धिमाललाई प्रदान गर्ने भएको छ ।

धिमाल युवा प्रतिभा पुरस्कार छनोट समितिको धिमाल परियोजनास्थल मोरङको मंगलबारेमा सोमबार बसेको बैठकले धिमाल जातिकै पहिलो एमबीबीएस डा. सजिना धिमाललाई धिमाल युवा

प्रतिभा पुरस्कार प्रदान गर्ने निर्णय गरिएको पुरस्कार छनोट समितिका संयोजक अजितकुमार धिमालले जानकारी दिए ।

दमक–२, खरखरे निवासी सजिनाले गण्डकी मेडिकल कलेज, पोखराबाट औषधि विज्ञान र शल्यक्रिया शिक्षामा स्नातक (एमबीबीएस) उत्तीर्ण गरेकी छन् । 

मोरङ, झापा र सुनसरीमा बसोबास गर्ने धिमाल समुदायबाट एमबीबीएस उत्तीर्ण गरी समुदायबाटै पहिलो डाक्टर हुन सफल भएकाले उनको प्रतिभालाई कदर गर्दै धिमाल प्रतिभा पुरस्कार, २०८२ बाट सम्मान गर्ने निर्णय गरिएको संयोजक धिमालले जानकारी दिए । 

हरेक वर्ष असार २ गते जातिरी, सिरिजात पर्व समापनको अवसरमा धिमाल परियोजना स्थल, उर्लाबारी–३, मंगलबारेमा आयोजित कार्यक्रमको अवसरमा सो पुरस्कारबाट एक जना युवा प्रतिभालाई सम्मान गरिदै आएको महासचिव मातृका धिमालले जानकारी दिए । 

यसअघि शारीरिक सुगठनका विकास धिमाल, ललित धिमाल, गायिका मेचु धिमाल, फुटबल खेलाडी रजिन धिमाल, तेक्वान्दो खेलाडी दिपेन धिमाल, गायक राजेश धिमाल, नृत्यङ्गना सरस्वती धिमाललाई धिमाल युवा प्रतिभा पुरस्कार प्रदान गरिसकिएको केन्द्रले जनाएको छ ।

View : 578

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved